पोखरा फाइनान्स र समृद्धि फाइनान्स गाभिने, राष्ट्र बैंकबाट पायो सैद्धान्तिक सहमति


काठमाडौँ । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीच गाभ्ने–गाभिने नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएको छ ।

२०८२ असोज २७ गते गाभ्ने गाभिने सैद्धान्तिक सहमति दिएको हो । यी दुई फाइनान्सले तीन महिनाभित्र आफ्ना–आफ्ना वार्षिक साधारण सभाबाट विशेष प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया पूरा गरेर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकममा पेश गर्नुपर्ने जनाइएको छ ।