काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१ संशोधन (सिएसआर) गरेको छ । जेनजी आन्दोलनपछि राष्ट्र बैंकले दोस्रो संशोधन, २०८२ गर्दै आन्दोलनका घाइते उपचाररत सरकारी अस्पताल र शहिद भएका व्यक्तिका परिवारको तालिम प्रदान गर्ने संस्थाको लागि खर्च गर्न सकिने उल्लेख गरेको छ ।
मार्गदर्शन संशोधनपछि बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वको रकम जेनजी आन्दोलनमा घाइते भएर सरकारी अस्पतालमा उपचाररत गरिब तथा विपन्न वर्गका नागरिकलाई औषधि उपचारको लागि दोहोरो नपर्ने गरी उक्त अस्पताललाई उपलब्ध गराउन सक्ने जनाएको छ ।
यस्तै, सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकम जेनजी आन्दोलनमा शहीद भएका व्यक्तिका, आय आर्जनका लागि प्रत्यक्ष रोजगारी नभएका परिवारको आय आर्जन क्षमता अभिवृद्घि गर्न सहयोग पु¥याउन नेपाल सरकार वा नेपाल सरकारबाट स्वीकृति प्राप्त सीपमूलक तालिम प्रदान गर्ने संस्थाबाट सीपमूलक तालिम प्रदान गरेको आधारमा तालिम प्रदान गर्ने संस्थालाई प्रदान गर्ने खर्च गर्न सकिने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्