देश संवैधानिक मार्ग भन्दा बाहिर छः महेश बर्तौला


काठमाडाैं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्ग भन्दा बाहिर रहेको टिप्पणी गरेका छन् ।

अन्तरिम सरकार गठन नै असंवैधानिक रुपमा भएको र संसद विघटन पनि असंवैधानिक रहेको ठहर नेकपा एमालेको रहेको उनकाे भनाइ थियाे। बुधवार सिंहदरबारमा सभामुखसँगको छलफपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद विघटन असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक भएको बताए ।

जेन जीका राम्रा विषयहरु समेटेर जाने माध्यम भनेकै संसद रहेकाले संसद पुनःस्थापना जरुरी रहेको उनकाे भनाइ थियाे । सरकार र सरकारका गृहमन्त्री निर्वाचन गराउने भन्दा निर्वाचन हुनै नदिने काममा लागेको आरोप लगाए। राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको उनले बताए । 

“संसदलाई कायम राखेरै सबै प्रकारका समस्याको समाधान गर्न सकिने अवस्था हुँदाहुँदै त्यो अवस्था ठूला षड्यन्त्रको कारणले गर्दा असफल भयो भन्नेकुरा हामी सबै दलहरुको साझा मत भयो”, उनले भने “जेनजी पुस्ताले उठाएका विषयलाई संसदमार्फत संविधान संशोधन गरेर भोलिका दिनमा निर्वाचनमार्फत ताजा जनादेश ल्याएर अघि बढ्ने कुरा सहज हुन्छ भन्नेकुरा आयो।”

उनले निर्वाचनको तर्फबाट हेर्दा कुनैपनि कार्य अाराेप लगाउदै राजनीतिक दलहरुले आफ्ना एजेण्डा लिएर जनताका बीचमा जान पाउँछन् भन्ने सुनिश्चितता सरकारले दिन नसकेको बताए ।