एमाले अध्यक्ष ओलीको चुनाैती,‘नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु,के कानूनले समाउँछ ?’


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको टिप्पणी गरेका छन् ।

सरकारले राजनीतिक दलहरूलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँट्ने काम गरिरहेको अरोप अध्यक्ष ओलीको छ ।

पार्टीको सम्पर्क समन्वय कमिटीले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे ।

जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो ।

उनले भने,“ चुनाव गराउने । लुटिएका हतियार कहाँ छ ? राजनीतिक नेताहरुलाई चुनावमा जान दिँदैनन् । राजनीतिक दलहरुले चुनावमा भाग नलिएर आफैँ मात्रै भाग लिएर चुनावको नाटक गर्ने । कति राम्रो ड्रामाको परिकल्पना ।”

सरकारलाई चुनौती

अध्यक्ष ओलीले आफूलाई काठमाडौँव उपत्यका बाहिर जान नदिने सरकारको निर्णयप्रतिसमेत प्रतिवादन गरेका छन् ।

उनले के कानुनले समाउँछ भन्दै चुनौती समेत दिए । उनले भने,“झापामा मेरो घर जलाईयो । अनि हेर्न जान परेन । त्यहाँ जान पनि नपाउने ? काठमाडौं उपत्यका बाहिर जान नपाउने ? क्या गज्जवको सरकार छ । मलाई जतिबेला काम पर्छ, त्यतिबेला म साँगा कटने होइन, नेपालको सहरभित्र जहाँ पनि घुम्न जानेछु ।

के कानूनले समाउँछ, के कानूनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ ? त्यो म हेर्छु ।”

अध्यक्ष ओलीले आफूलाई सरकारले काठमाडौं उपत्यका बाहिर नजान प्रतिबन्ध लगाए पनि आवश्यक परेका बेला देशको कुनैपनि सहरमा घुम्न जानसक्ने बताए ।