काठमाडौं । चाडपर्वको समयमा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले यस वर्ष पनि कृषि उपजसँगै स्वदेशी औद्योगिक उत्पादन प्रवद्र्धन गरेको छ।
दशैं–तिहारका लागि साल्ट ट्रेडिङले आफ्ना विक्री केन्द्रमा स्थानीय स्तरमा उत्पादित कृषि उपज राखेको छ भने नेपालमै बनेका औद्योगिक वस्तुका स्टलहरू केन्द्रीय कार्यालयमा निःशुल्क राख्न दिएर प्रवद्र्धन गरिरहेको छ।
साल्ट ट्रेडिङ कर्पोरेशनका सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेशकुमार झाले भने, “नेपालमै उत्पादित वस्तुहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले चाडपर्वका बेला तिमीहरूका लागि लेकाली, पहाडी, हिमाली क्षेत्रका गेडागुडी — सिमी, राजमा, बोडी, फापर, कोदो, मकैँको च्याख्ला — प्राथमिकताका साथ विक्रीमा राखेका छौं।”
उनका अनुसार साल्ट ट्रेडिङले जुम्लाको स्याउदेखि स्वदेशी औद्योगिक उत्पादनसम्मलाई समान रूपमा प्रवद्र्धन गरिरहेको छ। “औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादन, नेबिको बिस्कुट र स्थानीयस्तरमा उत्पादित कञ्चनजंगा अगरबत्तीलाई पनि केन्द्रिय परिसरमा निःशुल्क स्टल राख्न दिएको छ,” उनले थपे।
झाले भने, “नेपालमै उत्पादित कृषि उपजलाई प्राथमिकतामा राखेर तिमीहरूका लागि विक्री गर्दै आएका छौं। जुम्लाको च्याउ, लेकाली र पहाडी गेडागुडी, नेबिको बिस्कुट, बाल्टाका उत्पादन र कञ्चनजंगा धुपजस्ता स्वदेशी वस्तुहरू राखेका छौं। चाडपर्वको बेला यस्तो प्रवद्र्धनले ब्रान्डिङ र विक्री दुवैमा सहयोग पुग्छ भन्ने विश्वास छ।”
जुम्लाबाट च्याउ ल्याएर विक्री गर्दै आएका दलबहादुर खड्काले पनि साल्ट ट्रेडिङको सहयोगले आफ्नो व्यवसायलाई सहज बनाएको बताए।
“जुम्लाबाट ल्याएर १४ वर्षदेखि काठमाडौंमा च्याउ बेच्दै आएको छु,” खड्काले भने, “तीन वर्षदेखि साल्ट ट्रेडिङ परिसरमै बेच्दै आएको छु। साल्टले राम्रो सहुलियत र विक्रीको व्यवस्था मिलाइदिएको छ, जसले हामीजस्ता व्यवसायीलाई ठूलो राहत मिलेको छ।”
साल्ट ट्रेडिङले यस वर्ष पनि सहुलियत मूल्यमा उपभोग्य वस्तु विक्रीसँगै स्वदेशी उत्पादनको प्रवद्र्धनलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ।
प्रतिक्रिया दिनुहोस्