काठमाडाैँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तिहार अवधिका लागि पहिलो विशेष मौसम बुलेटिन जारी गरेको छ।
महाशाखाका अनुसार यस वर्ष तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने छैन। तर पश्चिमी वायुको सामान्य असर रहने भएकाले देशका केही भागमा हल्का परिवर्तन देखिन सक्ने अनुमान गरिएको छ।
कार्तिक ३ गते लक्ष्मीपूजाको दिन देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीसहित एक–दुई स्थानमा भने फाटफुट वर्षा हुने सम्भावना रहेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्