काठमाडौँ। दीपेन्द्रराज तिम्सिनाले ‘नेपालको बैंकिङ इतिहास’ नामक नयाँ पुस्तक बजारमा ल्याएका छन्। बैंक केवल मुद्रा राख्ने थलो नभएर अर्थतन्त्रको मुख्य अङ्ग हो भन्ने मान्यताका साथ लेखिएको पुस्तकले नेपालमा बैंक खुलेको ८८ वर्षको इतिहासलाई समेटेको छ।
तिम्सिनाले राणाकालीन अवस्थादेखि वर्तमान समयसम्मको नेपालको बैंकिङ इतिहासलाई मिहिन गरुपमा प्रस्तुत गरेका छन्। पुस्तकमा नेपालको मुद्रा निष्कासनको इतिहास, राणाकालमा बेलायतबाट फर्केर नेपालमा बैंक खोल्ने अगुवा सरदार गुञ्जमान सिंहको योगदानदेखि विदेशी बैंक भित्र्याउने डा. प्रकाशचन्द्र लोहनी, बिके श्रेष्ठ सहितको इतिहास समेटिएको छ।
कृतिमा पहिलो द्वन्द्वकालमा बैंकमा भएको आक्रमण, नेपाली बैंक मर्जरको इतिहास, नेपाली बैंकले पाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डहरू, बैंकिङ क्षेत्रमा महिला सहभागिता, विपत्मा बैंक सहयोग जस्ता विविध विषयमाथि प्रकाश पारिएको छ।यो पुस्तकको प्रकाशक लीला निरौला हुन्। यो तिम्सिनाको १४औँ कृति हो। तिम्सिनाले विगत एक दशकदेखि निरन्तर खोजमूलक पुस्तक लेखन गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस्