सानिमा बैंकको अध्यक्षमा तुकप्रसाद पौडेल चयन


काठमाडौं । सानिमा बैंकको अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंकको कार्तिक २ गतेको वार्षिक साधारण सभाले संस्थापक सेयरधनीहरूबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, बलराम पराजुली र निशा कुम्पाख ४ वर्षको लागि र्निविरोध निर्वाचित भएका थिए ।

सोही दिन बसेको सञ्चालक समिति बैंठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।