मादक पदार्थ सेवन गरी बस चलाउने चालक ट्राफिक प्रहरी नियन्त्रणमा


काठमाडाैँ । मादक पदार्थ सेवन गरी बस चलाउने चालकलाई महानगर ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार पौने १२ बजे काठमाडौँको एयरपोर्टबाट गौशालातर्फ आउदै गरेको बागमती प्रदेश०१ (००६ ख ८९८३ नम्बरको महानगर यातायातको बस चालकलाई नियन्त्रणमा लिएको हो ।

बसलाई चेक जाँच गर्ने क्रममा चालकले मादक पदार्थ सेवन गरी चलाएकोले जिल्ला सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौँको वाफल बस्ने ३७ वर्षका सकुल डोटेललाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीको लागि प्रहरी वृत गौशाला पठाएको जनाएको छ ।