नेपाल कम्युनिस्ट पार्टीले काठमाडौँमा प्रर्दशन गर्ने


काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युस्ट पार्टीले काठमाडौँमा प्रर्दशन गर्ने भएको छ ।

नेकपाले कात्तिक २० गते काठमाडौँमा प्रर्दशन गर्न लागेको हो । जेनजी आन्दोलनपछि बसेको नेकपाको विशेष केन्द्रीय कमिटी बैठकले काठमाडौँमा प्रर्दशन गर्ने निर्णय गरेको हो थियो । नेकपाले काठमाडौँमा प्रर्दशन गर्ने गरी तयारी भइरहेको जनाएको छ ।

नेकपाले सुशीला कार्की नेतृत्वको सरकार विघटन गरी सर्वपक्षीय अन्तरिम सरकारको माग गरेको छ ।

पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिए पनि जेनजी आन्दोलन, त्यसले ल्याएको विद्रोह र त्यसले उठाएका मागको अनुकूल, अनुरुप नभएको नेकपाको ठहर छ ।

वर्तमान सरकारलाई नेकपाले रहस्यमय तरिकाले बनाइएको आरोप लगाएको छ । स्वाधिनता र समाजवादका पक्षमा भन्दै कात्तिक २० गते काठमाडौँमा प्रर्दशन गर्न लागिएको नेकपाले जनाएको छ ।