२५ उद्योगको लाइन काटिएपछि पूर्वकार्यकारी निर्देशक काफ्लेले भने,‘देशले हार्ने खेल बन्द गरौँ’


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक डा. मुकेश काफ्लेले डेडिकेटेड/ट्रङ्कलाइन शुल्क विवादबारे प्रधानमन्त्रीले नै समस्याको उचित निकास दिनुपर्नेमा जोड दिएका छन ।

शुल्क बक्यौदाबारे विवाद बढ्दै जाँदा पूर्वकार्यकारी निर्देशक काफ्लेले सामाजिक सञ्जालमा भनेका छन्, “ देशले हार्ने खेल बन्द गरौँ । प्रधानमन्त्रीले नै समस्याको उचित निकास दिनुपर्छ ।”

उनले प्रचलित कानून, तथ्य, प्रमाणको आधारमा विद्युत् महसुल बक्यौता उठाउनु पर्ने र उद्योगीहरूले पनि तिर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भनेका छन्,“ प्रचलित कानून, तथ्य, प्रमाणको आधारमा विद्युत महसुल बक्यौता उठाउनु पर्छ र उद्योगीहरूले पनि तिर्नु पर्छ ।”

प्राधिकरणले डेडिकेटेड/ट्रङ्कलाइनको बक्यौता शुल्क नबुझाएको भन्दै २५ उद्योगको लाइन काटेको छ ।

२५ उद्योगहरूको बिजुली कककाटिदा प्राधिकरणले दैनिक ६ करोड रुपैयाँ आम्दानी गुमाएको र २५० मे.वा.बिजुलीसमेत खेर गएको पूर्वकार्यकारी निर्देशक काफ्लेको भनाई छ ।

प्राधिकरणको निर्णयले राज्यको ठुलो राजस्व गुम्नुका साथै व्यवसायिक वातावरण बिग्रेको उनले उल्लेख गरेका छन् ।