काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमल पोखरीमा पुगेर छठीमाईको पूजा गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले सोमबार छठ पर्वको मुख्य दिन कमलपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिई छठीमाईको पूजा आराधना गरेकी हुन् ।
प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत सोमबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ ।
काठमाडौँको कमलपोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्