काडमाडौँ । श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको आइपिओ बाँडफाँट भएको छ।
कम्पनीको आइपिओमा १८ लाख ९८ हजार ३३३ जनाले २ करोड ५ लाख ६८ हजार २१० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन स्वीकृत भएको छ भने २६ हजार ६३६ आवेदन रद्द भएको छ ।
आवेदन स्वीकृत भएकामध्ये २ लाख ५१ हजार ४९ जनाले १० कित्ताका दरले प्राप्त गरेका छन् भने ३ जना आवेदकले ११ कित्ताका दरले सेयर पाएका छन्।
कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २५ लाख १० हजार ४९३ कित्ता आइपिओ निष्काशन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्