काठमाडौं । महालक्ष्मी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस १ गते शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सेयरधनीलाई १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश मध्ये हाल कायम चुक्ता पुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजारको ४ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत गरी ६.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्