काठमाडौँ। नेपाल राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा भएको छ । राष्ट्र बैंककाे विभिन्न विभागमा रहेका कार्यकारी निर्देशकहरूकाे जिम्मेवारी हेरफेर गरेकाे हाे ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपाल सम्पत्ति व्यवस्थापन विभागमा सरुवा भएका छन् भने भुक्तानी प्रणाली विभागका किरण पण्डित विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
यस्तै, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल मानव संशाधन व्यवस्थापन विभागमा सरुवा हुँदा मुद्रा व्यवस्थापन विभागमा रहेका रामु पौडेल बैंक तथा वित्तीय नियमन विभागमा सरुवा भएका हुन् ।
वित्तीय संस्था सुपरिवेक्षण विभागमा रहेका सत्येन्द्र तिमिल्सना भुक्तानी प्रणाली विभागमा सरुवा भएका छन् । वित्तीय संस्था सुपरिवेक्षण विभागमा विश्रुत थापा नियुक्त सरुवा भएका छन् । यसअघि थापा मानव संशाधन व्यवस्थापन विभागमा थिए ।
मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्माको गभर्नर कार्यालयमा सरुवा भएका छन् भने यसअघि गर्भनर कार्यालयमा रहेका राजन विक्रम थापा संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
सम्पत्ति तथा सेवा व्यवस्थापन विभागमा रहेका रोशन कुमार सिग्देलको बैंकिङ विभागमा सरुवा भएको छ भने बैंकिङ विभागमा रहेका डा. डिल्लीराम पोखरेलको मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएको छ ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा रहेका अनुज दाहाल मुद्रा व्यवस्थापन विभागमा सरुवा भएका छन् ।




प्रतिक्रिया दिनुहोस्