सोनापुर मिनरलले बुझायो डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता महसुलको पहिलो किस्ता


काठमाडौँ । दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयाल प्रा.लि.ले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता शुल्कको किस्ता तिरेको छ ।

सोनापुरले प्रिमियम महसुलको बक्यौता रकमको किस्ता हिजो तिरेको हो । पहिलो किस्ता तिरेपछि गत ७ कात्तिकमा विच्छेद गरिएको सोनापुर मिनरलको विद्युत् हिजो बेलुकी नै जडान गरिएको छ ।

सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

सोनापुर मिनरलको २४ करोड २९ लाख ९९ हजार रुपैयाँ बक्यौता रहेको छ ।

बक्यौतालाई २८ किस्तामा विभाजन गरीे सोनापुर मिनरले ८६ लाख ३० हजार रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।