डेटा सेन्टरमा समस्या, ई–ड्राइभिङ लाइसेन्स सेवा अस्थायी रूपमा बन्द


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले आफ्नो सूचना प्रणालीमा प्राविधिक समस्या देखा परेको कारण ई–ड्राइभिङ लाइसेन्स र नयाँ ड्राइभिङ लाइसेन्स आवेदन प्रणाली (applydlnew.dotm.gov.np) अस्थायी रूपमा बन्द रहने जानकारी दिएको छ।

विभागका अनुसार उक्त प्रणाली कार्तिक १६ गतेबाट आंशिक रूपमा सञ्चालनमा आएको थियो तर हाल डेटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि आजदेखि अर्को सूचना नभएसम्म पूर्ण रूपमा बन्द रहनेछ।

यस सम्बन्धमा यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौँले सबै सम्बन्धित नागरिकलाई जानकारीका लागि अनुरोध गरेको छ।