४.४८ प्रतिशतले बढ्यो श्रमिकको ज्याला, सबैभन्दा बढी गण्डकीमा


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्क ४.४८ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही त्रैमासमा देखिएको ३.३१ प्रतिशत वृद्धिदरभन्दा उच्च हो।

प्रदेशगत अनुसार गण्डकी प्रदेशले सबैभन्दा बढी वृद्धिदर देखाएको छ। समीक्षा अवधिमा गण्डकी प्रदेशको तलब तथा ज्याला सूचकाङ्क ९.४२ प्रतिशतले बढेको छ।

लुम्बिनी प्रदेशमा ६.६८ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ५.६२ प्रतिशत, बागमती प्रदेशमा ४.१६ प्रतिशत र मधेश प्रदेशमा ३.६२ प्रतिशत वृद्धि भएको छ। यसैगरी, कोशी प्रदेशमा १.१२ प्रतिशत र कर्णाली प्रदेशमा १.३६ प्रतिशत मात्र वृद्धि भएको देखिन्छ।