प्रहरीले भन्याेः एनपीएलकाे आजको खेलका सबै टिकट सकिएकाे छ, भीड नगर्नु


काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेल मैदानमा आजदेखि सुरू भएको क्रिकेट प्रतियोगितामा दर्शकको उत्साह अत्यधिक देखिएको छ। मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने खेलहरूको कार्यक्रमअनुसार आजको खेलका सबै टिकट बिक्री भइसकेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार आयोजक संस्थाबाट प्राप्त जानकारीअनुसार आजका लागि उपलब्ध सबै टिकट क्यमि इगत भएकाले टिकट नभएका क्रिकेटप्रेमीहरूलाई खेल मैदानतर्फ अनावश्यक रूपमा नगइ आफ्नो सुविधाजनक स्थानबाटै खेल अवलोकन गर्न अनुरोध गरिएको छ। भीडभाड बढ्दा सुरक्षामा चुनौती उत्पन्न हुने भएकाले मैदान परिसर र प्रवेश क्षेत्र वरपर अनावश्यक जमघट नगर्न प्रहरीको आग्रह रहेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले नागरिकको सहयोगले मात्र प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित हुने उल्लेख गर्दै खेलप्रेमीहरूलाई शान्त, मर्यादित र सुरक्षित रहन अपील गरेका छन्। उनले खेल व्यवस्थितरूपमा सम्पन्न गर्न सुरक्षामा खटिएका प्रहरीलाई आवश्यक सहयोग पुर्‍याइदिन सबैमा आग्रहसमेत गरे।