काठमाडौं । लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुल १०।५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो।
बैंकले प्रस्ताव गरेको लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०।५३ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० रहेको छ। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
बैंकले निरन्तर पूँजी सुदृढीकरण र कारोबार विस्तारलाई लक्षित गर्दै यस वर्ष पनि सेयरधनीमैत्री लाभांश नीति कायम राखेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्