३ अर्ब ५३ करोड रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा ३ अर्ब ५३ करोड रूपैयाँ लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम राष्ट्र बैंकले लगानी गर्न लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लागि ब्याजदर प्रसतव गर्न सक्नेछन् । राष्ट्र बैंकले २०२५ नोभेम्बर २३ देखि २०२६ नोभेम्बर २३ सम्म ३६६ दिनको मुद्दती निक्षेपमा लिन चाहेको रकम खुलाएर २०८२ मंसिर ३ गते साँझ ७ बजेसम्म प्रसतव पेश गर्न सक्नेछन् ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा २ अर्ब ८२ करोड ४० लाख रूपैयाँ, राष्ट्रिष्यस्तरकाे विकास बैंकमा ५२ करोड ९५ लाख रूपैयाँ र राष्ट्रियस्तरको वित्त कम्पनीमा १७ करोड ६५ लाख रूपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।