सूचनामा छुटेको लाभांश प्रस्ताव निफ्राले सच्चायो


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिले सेयरधनीहरूलाई लाभांश वितरणको प्रस्ताव छुटेपछि फेरी सच्चाएको छ ।

मंगलबार निफ्राले सूचना प्रकाशित गर्दै २०८२ मंसिर २३ गते सातौ वार्षिक साधारण सभा गर्ने उल्लेख गरेको छ । तर साधारण सभामा हुने भनिएको लांभांश प्रस्ताव भने उल्लेख गरिएको थिएन । २०८२ भदौ १९ गते बसेको निफ्रा सञ्चालक समिति बैंठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । निफ्राले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सहित अन्य नियामक निकायलाई समेत बोधार्थ गरेर सूचना सच्चाएको हो ।

सञ्चालक समितिले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँको करसहित ६.३१५७ प्रतिशत हुन आउने २ अर्ब ३६ करोड ४२ लाख १२ हजार रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने जनाएको थियो । साधारणसभाबाट पारित भएपछि सेयरधनीहरूले लाभांश पाउनेछन्।