काठमाडाैँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ ।
बुधवार काठमाडाैँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताए ।
उनले महाधिवेशनको मागलाई उपेक्षा गरेर केन्द्रिय समिति बैठकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नगरिने समेत बताए ।
उनले विशेष महाधिवेशनका बाँकी प्रतिनिधिहरुलाई समेत हस्ताक्षर अभियानमा सहभागि हुन आह्वान गरे। उनले पार्टी विधानको धारा १७ (२) बमोजिम तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्