काठमाडाैँ । क्यान महासंघ चितवन शाखाको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारसभामा महासंघका वरिष्ठ उपाध्यक्ष चिञ्जीवी अधिकारीलाई सम्मान गरेकाे छ ।
आईसीटी क्षेत्रमा, विशेषगरी चितवनको प्रविधि विकासमा दुई दशकदेखि गरेको योगदानको कदर गर्दै अधिकारीलाई ‘चितवन आईसीटी एक्सलेन्स अवार्ड २०२५’ बाट सम्मान गरिएकाे जनाएकाे छ।
अधिकारीले यस क्षेत्रमा डिजिटल रूपान्तरण साइबर सुरक्षा सचेतना, र क्षमता विकासका लागि निरन्तर वकालत गर्दै आएका छन्। उनको योगदानले चितवनलाई एक उदीयमान प्रविधि केन्द्रको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको जनाइएकाे छ।



प्रतिक्रिया दिनुहोस्