काठमाडौँ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४७ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार २ लाख ४८ हजार ८०० रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेर ३ हजार २२० रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्