विहीबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । विहीबार छापावाल सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ४८ हजार ८०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य विहीबार २ लाख ४८ हजार ४०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ३ हजार २८० रूपैयाँ कायम भएको छ ।