क्रिप्टोकरेन्सीको माइनिङ गर्न प्रोत्साहन गर्नेलाई पनि कारवाही हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै प्रकारका क्रिप्टोकरेन्सीको प्रयोग, कारोबार र माइनिङ गैर कानुनी कार्य रहेको पुनः स्पष्ट पारेकाे छ । प्रयोग नगर्नसमेत आव्हान गगरेकाे छ ।

यसअघि पनि पटक पटक सचेत बनाउदै आइरहेको राष्ट्र बैंकले बिहीबार पुनः प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा क्रिप्टोकरेन्सी गैर कानुनी रहेकाले कसैले चलाएमा कारवाही गर्ने चेतावनी दिएको हो ।

“हालका दिनहरुमा क्रिप्टोकरेन्सीहरुको कारोबार/प्रयोग/माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने गराउने समेत गरेको पाइएको र त्यस्तो कार्यबाट सर्वसाधारणहरु ठगिएको/ठगिन सक्ने देखिएका हुँदा कसैले त्यस्तो कार्य गर्ने/गराइएको पाइउमा प्रचलित कानुन बमोजिम सजाय हुने व्यवहोरासमेत जानकारी गराइन्छ,” कार्यकारी निर्देशक रामु पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।