ओली–देउवा बिच शिष्टाचार भेट, स्वास्थ्य र राजनीतिक विषयमा छलफल


काठमाडाैँ । पूर्वप्रधानमन्त्री द्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीबिच शिष्टाचार भेटवार्ता भएको छ । 

शुक्रवार अपरान्ह महाराजगञ्जस्थित निवासमा पुगेर ओलीले देउवासँग भेटवार्ता गरेका हुन् । जेनजी आन्दोलनपछि देउवा र ओलीबीच भेट भएको थिएन ।

नेपाली काँग्रेस र नेकपा एमालेको तत्कालीन सरकार रहेका बेलामा जेन–जी आन्दोलन भएको थियो । जसका कारण ओली सत्ताच्युत हुनुभएको थियो भने काँग्रेस सभापति देउवाको निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि भौतिक आक्रमण भएको थियो । साथै देउवा र ओलीको निवासमा आगजनी र तोडफोड भएको थियो ।

भेटमा नेकपा एमाले अध्यक्ष ओलीले देउवा दम्पतीको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरे ।साथै दुई नेताहरुबीच पछिल्लो राजनीतिक, समसामयिक विषयमा पनि छलफल भएको छ ।