च्याउ उत्पादक किसान संघको आन्दोलन स्थगित


काठमाडाैँ । च्याउ उत्पादक किसान संघ नेपालले देशभर सुरु गरेको आन्दोलन स्थगित गरेको घोषणा गरेको छ। पराल ढुवानीमा उत्पन्न समस्यापछि संघले मंसिर १६ गतेदेखि विरोधका कार्यक्रम सञ्चालन गर्दै आएको थियो।

संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदन परियारसँग आज भएको वार्ता र गृह मन्त्रालयसँग सम्पन्न छलफल सकारात्मक दिशामा अघि बढेकाले हाललाई सम्पूर्ण आन्दोलन कार्यक्रम रोक्ने निर्णय गरिएको हो।

“समस्या समाधानका लागि मन्त्रालयहरू जिम्मेवार ढंगले अगाडि आएपछि अर्को सूचना नआएसम्मका लागि आन्दोलन स्थगित गरिएको हो,” अध्यक्ष कार्कीले भने ।

यसअघि पराल ढुवानीमा निरन्तर देखिएको अवरोधका कारण उत्पादन प्रभावित भएको भन्दै संघले देशव्यापी विरोधका कार्यक्रम घोषणा गरेको थियो।

सम्बन्धित समाचारः