काठमाडाैँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सङ्कटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताएका छन् ।
शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उनले सो दाबी गरेका हुन्। मेयर महर्जनले जेनजी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरूले ठूलो सफलता हात पारेको बताए ।
उनले विपद् व्यवस्थाका लागि आफूहरुले आवश्यक सबै अवयवहरूको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिए । विपद व्यवस्थापनका लागि आफूहरुले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताए ।
मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने कामलाई आफूहरुले तिब्रताका साथ अघि बढाएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्