पुस महिनाकाे लागि अधिकांश वाणिज्य बैंकहरूले ब्याजदर घटाए


काठमाडाैँ । एक दर्जन बढी वाणिज्य बैंकहरूले पुस महिनाका लागि व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । 

ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औसत ब्याजदर ५ प्रतिशतभन्दा तल झरेको छ । व्यक्तिगत मुद्दति निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३ प्रतिशतविन्दु कायम भएको छ ।

मंसिर महिनामा सो दर ५.०४ प्रतिशतविन्दु थियो । १३ बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । प्राइम कमर्सियल बैंक, ग्लोवल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशतविन्दुले घटाएका छन् ।

प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र  कुमारी बैंकले ०.३८ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन् । ७ वाणिज्य बैंकहरूले (सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक) मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ग्लोवल आइएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् । सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ ।

यसैगरी संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशतविन्दुले घटेको छ ।

पुस महिनाका लागि ५ वाणिज्य बैंकहरूले संस्थागत मुद्दतिको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।

व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर

बैंकहरुकात्तिकमंसिरपुस
नबिल४.९५४.७५४.५५
नेपाल इन्भेष्टमेन्ट मेगा५.२५५५
माछापुच्छ्रे५५५
हिमालयन६५.५०४
नेपाल एसबिआई५४.८०४.५५
एभरेष्ट५५४.७५
एनआईसी एसिया५.७५५५
स्ट्यान्डर्ड चार्टर्ड५४.७०४.६०
लक्ष्मी सनराइज५५४.७५
कुमारी४.०१४.९१४.५३
सिद्धार्थ५.५५५
सानिमा५.१५५३.७५
एनएमबि५५५
प्रभु४.९५४.९५४.५५
ग्लोबल आइएमई६६५.५०
सिटिजन्स्५४.७५४.७५
प्राइम कमर्सियल५४.७५४.२५
कृषि विकास४.९५४.७०४.५५
नेपाल बैंक५.२५५.२५५.१०
राष्ट्रिय वाणिज्य बैंक५.५५.५४