कम्बोडियाको रक्षा मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ ।
मन्त्रालयकाअनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको छ । थाई सेनाले एफ–१६ लडाकु विमान प्रयोग गरी सोमबार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक शिविर नजिकै दुईवटा बम खसालेको बताइएको छ ।
थाईल्याण्डसँगको पछिल्लो सीमा द्वन्द्वमा आइतबार साँझ ६ बजेसम्म १२ जना कम्बोडियाली नागरिकको मृत्यु भएको र ७४ जना घाइते भएको कम्बोडियाको गृह मन्त्रालयका प्रवक्ता टच सोखाकले सोमबारको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यसैबिच, कम्बोडियामा विस्थापितहरूको संख्या ४ लाख ३ हजार नाघेको छ । जसमा करिव २ लाख ८ हजार महिला र ९६ हजार बालबालिका रहेका छन् । रक्षा मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेताले आइतबार मध्यरातदेखि सोमबार बिहानसम्म थाई सेनाले कम्बोडियाली क्षेत्रका विभिन्न स्थानमा तोपका गोला प्रहार जारी राखेको बताइन् ।
कम्बोडिया–थाईल्याण्ड सीमा द्वन्द्व डिसेम्बर ७ देखि पुनः शुरु भएको हो । दुवै पक्षले एकअर्कालाई आक्रमण शुरु गरेको आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्