प्राइम कमर्सियल बैंकको लाभांश घोषणा


काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशत लाभांश घोषणा हो । जसमा ८ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूमा वितरण हुनेछ।