काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १९४ रुपैयाँ १८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ९६ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३९ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ २२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा, कुवेती दिनार एकको खरिददर ४६६ रुपैयाँ २६ पैसा र बिक्रीदर ४६८ रुपैयाँ २१ पैसा , बहराइन दिनार एकको खरिददर ३७९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३८१ रुपैयाँ २४ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैँकले जनाएको छ ।
चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३७ पैसा र बिक्रीदर २० रुपैयाँ ४५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ २७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ४४ पैसा कायम गरिएको राष्ट्र बैँकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्