काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी घटनाको जाँचबुझ गर्न गठित आयोगमा बयान दिने निर्णय गरेका छन् ।
बिहीवार नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता लेखकले आयोगमा उपस्थित भएर बयान दिने बताएका हुन्।
भाद्र २३ र २४ गतेको घटनाको बारेमा जाँचबुझ गर्न गठित आयोगले आफूलाई घटनाका बारेमा जानकारी लिन बोलाएको र आफूले बयान दिने निर्णय गरेको बताए।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको थियो । आयोगले लेखकपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको छ ।



प्रतिक्रिया दिनुहोस्