हिमालयन एभरेष्ट इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश


काठमाडौँ। हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।

कम्पनीको पुस ११ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको ८ प्रतिशतका नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लाभांश वितरण गरिनेछ।