काठमाडौँ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ७० हजार ६०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य सोमबार २ लाख ७० हजार रूपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ६० रूपैयाँले बढेर ४ हजार ८९५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्