एलआइसी नेपालले हकप्रद जारी गर्न बिमा प्राधिकरणबाट पायो अनुमति


काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद निष्कासन गर्न अनुमति पाएको छ । कम्पनीले नेपाल बिमा प्राधिकरणबाट १ः०ः८८४५ को अनुपातमा हकप्रद सेयर निष्काश गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८।४५१६८ प्रतिशत हकप्रद निष्कासन गर्न प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पाएको हो ।

प्राधिकरणले हिजो बिहीबार (पुस २१ गते) पत्र पठाउँदै एलआईसी नेपाललाई हकप्रद जारी गर्न स्वीकृति प्रदान गरेको हो। पत्रमा एलआईसी नेपाललाई विशेष साधारणसभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएबमोजिम गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरिएको उल्लेख छ।

कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको ८८।४५१६८ प्रतिशत अर्थात १ ः०ः८८४५१६८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

कम्पनीले आउँदो माघ ३ गते विशेष साधारणसभा डाकेको हो। सभा काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेबाट हुनेछ।