राष्ट्रिय आर्थिक गणनाको तयारी तीव्र,४ हजार ४३९ जनशक्ति करारमा भर्ना लिइने


काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना–२०८२ को गणनाका लागि तयारी तिब्र पारेको छ ।

कार्यालयले आर्थिक गणनाका लागि करार सेवामा जनशक्ति लिन दरखास्त आव्हान गरेको छ । स्थलगत तथ्याङ्क सङ्कलन तथा सुपरिवेक्षण कार्य सञ्चालन गर्न कार्यालयले सुपरिवेक्षक र गणक पदमा दरखास्त आह्वान गरेको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयलले ५२६ जना सुपरिवेक्षक र ३ हजार ९१३ जना गणक गरी कुल ४ हजार ४३९ जनशक्ति करारमा माग गरेको छ ।

आज प्रकाशित सूचनामा सुपरिवेक्षक पदका लागि न्यूनतम स्नातक तह उत्तीर्ण र गणक पदका लागि १०+२ (प्रमाणपत्र तह) वा सो सरह उत्तीर्ण योग्यता तोकिएको छ ।

सेवा अवधि साढे दुई महिनाको रहनेछ ।

उम्मेदवारको छनोट सर्टलिस्ट र अन्तर्वार्ताका आधारमा गरिने सूचनामा उल्लेख छ ।