२० लाख दिएपछि नेता शर्माले भनेः सुपर ८ मा पुगे फेरि २० लाख दिन्छु


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डाक्टर सुनिल शर्माले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा नेपाली क्रिकेट टिम पुगेमा नेपाली टोलीलाई २० लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिवार आयोजना गरेको विश्वकप क्रिकेट खेल्न जाने टोलीको बिदाई कार्यक्रममा उनले उक्त घोषणा गरेका हुन् । डा. शर्माले क्रिकेटसँग आफू नजिक रहेको पनि बताए ।

उनले क्रिकेट टोलिको परिवारसहितको उपचारको जिम्मा पनि आफूहरुले लिएको पनि जानकारी दिए । दुई वर्षको लागी क्यानसँग खेलाडी र उनीहरूको परिवारको उपचारको काठमाडाैँ मेडिकल कलेजले सम्झौता गरेको उनको भनाइ छ । उनले उक्त सम्झौता सकिएपछि फेरि नविकरण गर्ने समेत जानकारी दिए ।

उनले निजी क्षेत्रलाई समेत समावेश गरि खेलाडीहरुलाई उचित पेन्सन सुविधा उपलब्ध गराउन सरकारसँग माग गरे । उनले खेलाडीहरूको व्यवस्थापन गर्न राज्यले समयमा नै ध्यान दिनुपर्ने बताए । 

आगामी फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुने खेलाडीहरूलाई विदाइ गरिएको हो । टोलीलाई क्यानका अध्यक्ष क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले शुभकामना दिएका थिए ।