कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य तोलामा ६०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ७७ हजार २०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ७७ हजार ८०० रूपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले घटेर ५ हजार ६२५ रूपैयाँ कायम भएको छ ।