३१ अंकले बढ्यो नेप्से, कारोबार रकम ८ अर्ब ४० करोड रूपैयाँभन्दा बढी


काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार नेप्सेमा मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ५३ करोड १६ लाख ५३ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त, श्रीनगर एग्रीटेक र गुर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यी सबै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

थ्रीस्टार हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयरमूल्य ८.७८ प्रतिशतले घटेको छ ।

कुल ३३८ कम्पनीको एक करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।