काठमाडाैँ । नेकपा (एमाले)का सचिव महेश बस्नेतले निर्वाचन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बहिष्कार गरेर अघि बढ्ने चेतावनी दिएका छन् ।
सभापति लामिछानेलाई सहकारी ठगको आरोप लगाउँदै उनले आसन्न निर्वाचनमा उनलाई बहिष्कार गर्ने, लखेट्ने योजनासहित एमाले अघि बढ्ने बताएका हुन्।
आइतवार काठमाडौँमा आयोजित पार्टीको निर्वाचन केन्द्रिय विशेष जनसभामा बोल्दै सचिव बस्नेतले गरिव जनताको पक्षमा एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले सहकारी अभियान सुरू गरेपनि त्यसमा ठगी गरेकाले एमालेले आगामी निर्वाचनमा त्यसलाई मुख्य एजेण्डा बनाएर जानुपर्ने अवस्था आएको जिकिर गरे ।
सचिव बस्नेतले लामिछाने विभिन्न मुद्दामा जेलिएको भन्दै उनीलाई नेपाली जनताले निर्वाचनमा साथ नदिने समेत बताए ।


प्रतिक्रिया दिनुहोस्