फ्रान्सेली वाइनमा २०० प्रतिशत कर लगाउने ट्रम्पको धम्की


संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली वाइन र शैम्पेनमा २०० प्रतिशत कर लगाउने धम्की दिएका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों गाजा सम्बन्धी “शान्ति बोर्ड“ मा सामेल हुन अनिच्छुक रहेको खबर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएका हुन् ।

म्याक्रोनको अडानलाई खारेज गर्दै उनले व्यापार दण्डलाई प्रयोग गर्ने बताएका हुन् ।

ट्रम्पले म्याक्रों चाँडै पदबाट बाहिरिने बताएका छन् । म्याक्रोनको पाँच वर्षे राष्ट्रपतिको कार्यकाल मे २०२७ मा समाप्त हुँदैछ र फ्रान्सेली कानून अन्तर्गत उनी तेस्रो कार्यकालको लागि फेरि उम्मेदवार हुन सक्दैनन्।

शान्ति बोर्ड गत वर्ष नोभेम्बरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले अनुमोदन गरेको विश्वव्यापी निकाय हो, जुन इजरायल–हमास युद्धविरामको निरीक्षण गर्न स्थापित भएको थियो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, बेलायतका प्रधानमन्त्री केयर स्टारमर र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न विश्व नेताहरूलाई बोर्डमा रहन निमन्त्रणा पठाइएको छ ।

ट्रम्पले युरोपबाट प्रतिरोधको सम्भावनालाई कम गर्दै ग्रीनल्याण्डलाई नियन्त्रण गर्ने आफ्नो योजना पनि दोहो¥याए ।