एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढ्यो


काठमाडौँ। एभरेष्ट बैंकको नाफा आर्थिक वर्ष २०८२ ८३ को दोस्रो त्रैमाससम्ममा २ अर्ब ११ करोड ७१ लाख रूपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.०४ प्रतिशतले बढेको हो।

बैंकले आर्थिक वर्ष २०८१ ८२ को पहिलो ६ महिनामा २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशतले बढेर ४ अर्ब ५७ करोड २९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिसन आम्दानी २०।३८ प्रतिशतले बढेर ९२ करोड ९ लाख रुपैयाँ पुगेको छ।

बैंकको सञ्चालन मुनाफा २.०६ प्रतिशतले बढेर ३ अर्ब १७ करोड १६ लाख रुपैयाँ कायम भएको छ। बैंकको इम्पेरमेन्ट चार्ज अघिल्लो वर्षको ३४ करोड ९५ लाख रुपैयाँबाट बढेर ५६ करोड २७ लाख रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा ०.६८ प्रतिशत पुगेको छ।

बैंकको चुक्ता पुँजी १३ अर्ब ७२ करोड १३ लाख रुपैयाँ रहेको छ । बैंकले यस अवधिमा ३ खर्ब ४ अर्ब ९५ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी ३०.८६ रूपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५.१५ रूपैयाँ रहेको छ।