२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बुधबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट ६३ दिनको लागि २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको हो ।

यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ भने साँवा ब्याज राष्ट्र बैंकले २०८२ चैत १८ गते भुक्तानी गर्ने जनाएको छ ।

यसकालागि बैंक तथा वित्तीय संस्थाले २ बजेसम्म अनलाइनमार्फत बोलपत्र पेस गर्न सक्नेछन् ।

नक्षेप संकलन उपकरणको बोलकबोलमा “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।