तराई भूभागका केही स्थानमा हुस्सु,उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात


काठमाडौँ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने जल तथा मौसम पूवानूमान महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेश लगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।

राती तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहने र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएो छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।