काठमाडौँ । आइएमई लिमिटेडले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) मा भएको सेयर विक्री गर्ने भएको छ ।
आइएमईले निफ्रामा भएको १० लाख ८० हजार कित्ता संस्थापक सेयर प्रतिकित्ता १५० रूपैयाँ मूल्य तोकेको छ ।
आइएमईले सेयर विक्री गर्न विद्यमान संस्थापक सेयरधनीहरूको जानकारीको लागि २०८२ मंसिर २९ गते सूचना प्रकाशित गरिएको थियो ।
त्यस अवधिमा विद्यमान संस्थापक सेयरधनीहरूले सेयर खरिदको लागि आवेदन नआएकोले उक्त सेयर अन्य व्यक्ति संस्थालाई समेत विक्री गर्न अर्को सूचना जारी गरेको हो ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले ७ दिनभित्र बोलपत्र पेस गर्नुपर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्