अमेरिकी डलर लगातार स्थिति,अस्ट्रेलियन डलर, युरो, पाउन्डको भाउ बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ । अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनार भने बढेको छ । आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३६ पैसा छ ।

तेस्रो दिन पनि अमेरिकी डलर स्थिर रहेको हो । युरो १ खरिददर १७१ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७१ रुपैयाँ ७७ पैसा छ । हिजो युरो १ को खरिददर १७० रुपैयाँ ७० पैसा र बिक्रीदर १७१ रुपैयाँ ७१ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ८९ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५४ पैसा थियो ।

अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ६५ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५७ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५६ पैसा थियो ।