काठमाडौँ । रामेछापको सेलेघाटमा यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३ ०१ -००५ ख ९९७५ नम्बरको यात्रुबस मंगलबार बिहान सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिएका छन्।
घटनास्थलबाट अहिलेसम्म ६ जनाको शव निकालिएको छ । काठमाडौँबाट बसमा १७ जना सवार रहेको भनिएता पनि कति जना थिए भन्ने यकिन भएको छैन। बस पानीमुनि भएकाले उद्धारको प्रयास भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्